रद्द भयो धितोपत्र बोर्ड अध्यक्षको नियुक्ति प्रक्रिया

शुक्रबार, १४ असार २०८१, १६ : ४०

काठमाडौँ - नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि जारी प्रक्रिया नै रद्द भएको छ ।  ५ जना दाबेदार छनोट भए पनि त्यसपछिको प्रक्रिया पूरा नै हुन नसकेपछि प्रक्रिया नै रद्द हुनपुगेको हो । 

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नका लागि गठन भएको सिफारिस समितिले सूचना प्रकाशन गर्दै सबै प्रक्रिया रद्द भएको जनाएको हो। 
अर्थ मन्त्रालयले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। मिन बहादुर श्रेष्ठ संयोजकत्वमा बोर्ड अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको थियो। तर अन्तिम ५ जनाको अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरण विवादमा परेसँगै समितिले ३ जनाको नाम अर्थ मन्त्रालयमा पठाउन सकेन।

समितिले सूचनामा भनेको छ, ‘समितिको २०८१ असार १४ को निर्णयअनुसार नेपाल धितोपत्र बोर्डको अध्यक्षको निमित्ति नाम सिफारिस गर्न ०८० फागुन १६ मा सूचना प्रकाशन गरी समितिले हालसम्म सम्पन्न गरेका छनोटसम्बन्धी सबै प्रक्रिया रद्द गरिएको व्यहोरा सम्बद्ध सबैमा जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।’


 

शुक्रबार, १४ असार २०८१, १६ : ४०

प्रतिक्रिया