काठमाडाैं -आज वि.सं.२०८१ साल असार महिनाको १६ गते आइतबार, आषाढ कृष्णपक्षको नवमी तिथि ।
मेष
पेशागत जीवन मध्यम खालको रहने छ । साझेदारीमा गरिएका कामबाट भने सफलता हात लाग्ने छ । जीवनसाथिको सल्लाह अनुसार काम गरेमा सफलता प्राप्त हुने छ । आम्दानीमा केही गिरावट आउने छ ।
वृष
आम्दानीमा हुने बृद्धिले मनमा दृढताको अभाव भने हुन दिने छैन् । व्यापारमा आवद्धहरुको हकमा भने धेरै जोखिम भन्दा निरन्तरतालाई ध्यान दिँदा उपयुक्त छ । शेयर बजार औसत खालको रहने छ ।
मिथुन
शेयर बजार सकारात्मक रहने छ ।पेशागत जीवनमा उन्नति प्रगति हुने छ । निभाएको भुमिका सफल हुने र अरुले कदर गर्ने छन् । नोबोली प्रभावकारी हुने हुँदा अरुको विश्वास छिट्टै आर्जन गर्न सकिने छ, यसले फाइदा मिल्ने छ ।
कर्कट
शेयर क्षेत्र मध्यम खालको रहने छ आम्दानीमा पनि बृद्धि हुने भने धन सम्पत्तिको बृद्धि हुने छ । दृढ खालको व्यक्तित्व हुने भएकाले प्रतिष्पर्धात्मक क्षमताको अरुले अनुभूति गर्ने छन् । रिस धेरै हुने भएकाले यसमा संयमित रहनु होला । परिवारमा द्वन्द देखिने छ ।
सिंह
शेयर क्षेत्रबाट फाइदा मिल्ने छ । पेशागत जीवनमा सकारात्मक सुधारका संकेतहरु आउने छन्, जसले गर्दा नयाँ उमङ्ग सञ्चारित हुने छ । अझै पनि आफ्नो पेशागत क्षेत्रका उच्चस्तरका पदाधिकारीहरुको मन जित्न निकै मेहनत गर्नुपर्ने छ ।
कन्या
पेशागत जीवनमा ससाना प्रतिकुलतासँग जुध्नु पर्ने छ । व्यक्तित्वमा हुने दृढताका कारण अरुले हेप्न सक्ने छैनन् । पारीवारिक जीवनमा अन्योलता र उकुसमुकुसको वातावरण रहने छ, अर्थात झैझगडाको अवस्था रहने छ । शेयर क्षेत्रबाट फाइदा मिल्ने छैन् ।
तुला
शेयर बजारबाट फाइदा मिल्ने छ । पेशागत जीवनमा सफलताका क्रम रहने छ । मनमा नकारात्मक विचारहरुले सताउने छ ।
वृश्चिक
शेयर क्षेत्रबाट फाइदा मिल्ने छ । पेशागत जीवन पनि सवल रहने छ । भाग्यको साथ रहेका कारण चालेका कदमहरु सफल हुने छन् । बोलीमा कठोरता देखिने भएकाले संयमित रहनु नै वाञ्छनीय हुने छ ।
धनु
शेयर बजारबाट फाइदा मिल्ने छ । त्यसैले ठिक्क मात्रामा मात्र महत्वाकांक्षा लिएर अघि बढ्नु ठिक हुने छ । मनोबलमा गिरावट आउँदा असफल हुन्छु कि जस्तो विचार मनमा लागि रहने छ । मनमा उदासिनताको मात्रा बढ्न जाँदा निराशाले गाँज्ने छ ।
मकर
शेयर बजारबाट फाइदा मिल्ने छ । पेशागत जीवनमा सकारात्मक सुधारहरु देखा पर्ने छन् । आम्दानी प्रति मनोबल केन्द्रीत हुने छ । विदेशमा रहेकाहरुको हकमा आम्दानीमा बढोत्तरी हुने छ । व्यापारमा सुधार आउने छ ।
कुम्भ
शेयर क्षेत्रबाट फाइदा मिल्ने छ । पेशागत क्षेत्र पनि अनुकुल रहने छ । आम्दानीमा बृद्धि हुने हुँदा त्यसले पारीवारिक जीवनमा खुशीयाली ल्याउने छ । बौद्धिक जीवनमा बढोत्तरी हुने छ । तर सपना भने नराम्रो देखिने छ ।
मीन
शेयर बजार मध्यम रहने छ । विशेषगरी कार्यालमा झैझगडामा फसिने भएकाले संयमित भई पाइला चाल्नु उपयक्त हुने छ । आम्दानीमा गिरावट देखा पर्ने छ । व्यक्तित्वमा दृढता आउने भएकाले कठिन परिस्थितिसँग पनि जुध्न तागत आउने छ ।
प्रतिक्रिया