साताको शेयर: बजार लगानीकर्ताले कुरिरहेको मौद्रिक नीति, कस्ताे ?

आइतबार, १६ असार २०८१, ०६ : ५४

काठमाडाैं- असारको आधामा हिँडिरहेका लगानीकर्ताका लागि आगामी बजारको मुख्य कारक मौद्रिक नीति हो । मौद्रिक नीतिले आगामी  आर्थिक वर्षको बजार समिक्षा निर्धारण हुने छ । लगानीकर्ताहरुले निरन्तर उठाइरहेको मागलाई कसरी सम्बोधन हुन्छ भन्ने कुरा अहिले महत्वपूर्ण बनेको छ ।लगानीकर्ताहरुले उठाउँदै आइरहेको शेयर धितो कर्जा सीमा, जोखिम भार, लगायत कुराले आगामी दिनमा नयाँ रणनीतिलिने लगानीकर्ताहरुको दाबी छ । समग्र बजारले गति लिन सकेको छैन । 

यतिसबेला समग्र बजारले गति लिन नसकेपछि लामो समयको लगानी गर्नुभन्दा पनि अल्कालीन कारोबारतर्फ धेरै जना केन्द्रित भएको देखिन्छ । थोरै नाफामा छिटोछिटो कारोबार गर्ने प्रवृत्ति हावी भएकाले पनि बजारले उचाई लिन नसकेको देखिन्छ ।  यद्यपि, आम लगानीकर्ताले भने सकेसम्म मजबुत वित्तीय सूचक भएका, लाभांश क्षमता राम्रो रहेका कम्पनीहरुमा लगानी गर्दा जोखिम कम गर्न सहयोग पुग्न सक्छ । केन्द्रीय बैंकले आगामी मौद्रिक नीतिमार्फत कर्जा प्रवाह लगायतका विषयमा खुकुलो नीति लिएमा भने बजारका लागि सकारात्मक पक्ष हुन सक्नेछ । 

अब आउने मौद्रिक नीतिले सेयर सहज र खुकुलो व्यवस्था गरेमा त्यो सेयर बजारका लागि कोशेढुंगा साबित हुन सक्ने जानकारहरु बताउँछन् । यसर्थ, अहिले सेयर बजारले पनि मौद्रिक नीति नै कुरेको देखिन्छ । सम्भवतः साउनको पहिलो साता मौद्रिक नीति आउनेछ ।यतिसबेला समग्र बजारले गति लिन नसकेपछि लामो समयको लगानी गर्नुभन्दा पनि अल्कालीन कारोबारतर्फ धेरै जना केन्द्रित भएको देखिन्छ । थोरै नाफामा छिटोछिटो कारोबार गर्ने प्रवृत्ति हावी भएकाले पनि बजारले उचाई लिन नसकेको देखिन्छ । 

यद्यपि, आम लगानीकर्ताले भने सकेसम्म मजबुत वित्तीय सूचक भएका, लाभांश क्षमता राम्रो रहेका कम्पनीहरुमा लगानी गर्दा जोखिम कम गर्न सहयोग पुग्न सक्छ । केन्द्रीय बैंकले आगामी मौद्रिक नीतिमार्फत कर्जा प्रवाह लगायतका विषयमा खुकुलो नीति लिएमा भने बजारका लागि सकारात्मक पक्ष हुन सक्नेछ । 

अब आउने मौद्रिक नीतिले सेयर सहज र खुकुलो व्यवस्था गरेमा त्यो सेयर बजारका लागि कोशेढुंगा साबित हुन सक्ने जानकारहरु बताउँछन् । यसर्थ, अहिले सेयर बजारले पनि मौद्रिक नीति नै कुरेको देखिन्छ । सम्भवतः साउनको पहिलो साता मौद्रिक नीति आउनेछ ।
 
नेप्से परिसूचक १६.३९ अंक (०.७९%) घटेर २,०५१.९२ मा बन्द भयो। गत साता सूचकांक अघिल्लो साताको तुलनामा २.०८ प्रतिशतले घटेर २,०६८.३१ मा बन्द भएको थियो ।
यो साता परिसूचक २,०७९.१९ सम्म उच्च र २,०४७ दशमलव ०२ सम्म पुग्यो, त्यसैले ३२.१७ अंकको अस्थिरता देखियो। अघिल्लो साता परिसूचकले ५२.०४ अंकको अस्थिरता देखाएको थियो । सबैभन्दा बढी इन्ट्राडे घाटा बुधबार ११ दशमलव ६१ बिन्दुले रु ४.०५ अर्बको कारोबार भए पनि यो साता कुल कारोबार रु २१.४१ अर्ब रहेको छ ।
 

आइतबार, १६ असार २०८१, ०६ : ५४

प्रतिक्रिया