सूर्यज्योति लाइफको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

आइतबार, १६ असार २०८१, १२ : ०४

काठमाडौँ - एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको ३ लाख कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको छ । 

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १६२ रुपैयाँ तोकिएको छ । इच्छुक लगानीकर्ताले आगामी असार २३ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन् । बिक्रीमा राखिएको सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै जोकोही व्यक्ति तथा संस्थाले आगामी असार २३ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन् ।

 सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । इच्छुक लगानीकर्ताले बोलपत्र काठमाडौंको थापाथलीस्थित एनआईसी एसिया क्यापिटलको कार्यालयका साथै एनआईसी एसिया बैंकको थापाथलीस्थित कर्पोरेट कार्यालय तथा शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेतमा पेस गर्न सक्नेछन्।
 

आइतबार, १६ असार २०८१, १२ : ०४

प्रतिक्रिया