सेयर बजारमा दोहोरो अंकको गिरावट

आइतबार, १६ असार २०८१, १५ : १२

काठमाडौं - साताको पहिलो कारोबार दिन सेयर बजार १४.८३ अंकले घटेर २०३७ को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको आज ३२० कम्पनीको ९० लाख ५० हजार ५७७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ५१ करोड ७६ लाख ८९ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा ११ वटा उपसूचक राताम्मै भएको छ । उक्त दिन मनकामना समार्ट लघुवित्तको सेयर मुल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९.३० प्रतिशतले घटेको हो । त्यसैगरी साधना लघुवित्तको ८.७७ प्रतिशत, गणपति लघुवित्तको ५.७६ प्रतिशत, मनदाकिनी हाइड्रोपावरको ५.६९ प्रतिशतले सेयर मूल्य घटेको छ ।

सेयर बजारमा दोहोरो अंकको गिरावट आउँदा यी कम्पनीले सर्वाधिक गुमाए

 सर्वाधिक कारोबार हुने कम्पनी

आज सबैभन्दा बढी नेपाल फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १२ करोड ८८ लाख ७४ हजार रुपैया बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको जानकी फाइनान्सको ११ करोड ९८ लाख ५७ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै उक्त दिन यूनाइटेड इदिमार्दी हाइड्रोपावरको १० करोड ३९ लाख ८२ हजार रुपैयाँ, मुक्तिनाथ कृषि कम्पनीको ९ करोड ४० लाख ८३ हजार रुपैयाँ र एनआरएन इन्फ्रस्ट्रक्चरको ८ करोड ९४ लाख ४५ हजार रुपैयाँको कारोबार भएको हो ।

आइतबार, १६ असार २०८१, १५ : १२

प्रतिक्रिया