काठमाडौँ – चर्चित गायक युवराज चौलागाईं र गायिका अनुष्का पाठकको स्वरमा लटर पटर बोलको गीत सार्वजनिक भएको छ ।
दीपक शर्माको संगीत रहेको गीतमा राजेन्द्र थापाको शब्द छ । गीतको म्युजिक भिडियोमा गायक चौलागाईंका साथमा नायिका प्रियंका कार्की र मोडल सुनिल क्षेत्रीले मोडलिङ गरेका छन् ।
गम्भीर विष्टको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन र नवीन निरौलाको सम्पादन रहेको छ ।
प्रतिक्रिया