काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।कम्पनीको ४६ लाख ६३ हजार ७५६.९७४६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
यो बोनस सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न पाउनेछन् । कम्पनीले बैशाख २१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १०.२६ प्रतिशत बोनस सेयर सूचीकृत गराएको हो । सो सभाले २४.७४ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । यससँगै अब आगामी कारोबारदेखि कम्पनीको उक्त बोनस सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।
प्रतिक्रिया