काठमाडौं - पत्रकार एवं लेखक गोविन्द मरासिनी गण्डकी प्रदेश युवा प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन् ।
पत्रकारिता मार्फत गण्डकी प्रदेशको पर्यटन प्रर्बद्धनमा उल्लेखनीय योगदान पुर्याएको भन्दै गण्डकी प्रदेश, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले नगद ५० हजार सहित प्रथम पुरस्कार प्रदान गरेको हो ।विगत १३ बर्षदेखि पत्रकारितामा क्रियाशिल पुतलीबजार न।पा। ३, स्याङ्जा निवासी मरासिनीले विशेषगरी युवा, पर्यटन, राजनीति र समसामयिक बिषयमा राष्टिय स्तरका विभिन्न सञ्चारमाध्यममा स्वतन्त्र रुपमा आफ्नो कलम चलाउँदै आएका छन् ।
उनले नेपालका प्रमुख पर्यटकीय गन्तब्य, साहसिक खेल, धार्मिक पर्यटन र ग्रामीण पर्यटन लगायतका विविध पर्यटन प्रबद्र्वनका लागि पत्रकारिताको माध्यमबाट काम गर्दै आएका छन् । अनलाइन पत्रकार संघका सचिव समेत रहेका मरासिनीले विभिन्न समसामयिक बिषयमा अनुसन्धानात्मक लेख समेत लेख्ने गरेका छन् । यसअघि पनि उनी सार्क युथ लिडर अवार्ड, संकटमा सक्रिय पत्रकारिता पुरस्कार लगायतका विभिन्न पुरस्कारबाट सम्मानित भईसकेका छन् ।
गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री विन्दु कुमार थापा र सचिव प्रकाश पौडेल लगायतले मरासिनी सहित पुरस्कृत सबै व्यक्तिलाई पुरस्कार दिएका थिए । पर्यटन प्रर्वद्धन विद्यामै पर्वतका लक्ष्मण कुमार सुनारले द्धितीय पुरस्कार प्राप्त गरे । प्रतिभा पुरस्कारका लागि मन्त्रालयले गत फागुन २४ गते आव्हान गरेको थियो । यसरी आव्हान गरिएको सुचनाअनुसार जाँचबुझ र मूल्याङकबाट विभिन्न ८ विद्यामा उत्कृष्ट १३ जनालाई युवा प्रतिभा पुरस्कारबाट सम्मानित गरिएको हो ।
प्रतिक्रिया