११ महिनामा सवारी दुर्घटनामा परेर ९२ जनाको मृत्यु

सोमबार, १७ असार २०८१, १६ : ४६

काठमाडौँ - चालु आर्थिक वर्षको सुरुदेखि जेठ मसान्तसम्मको तथ्याङ्क अनुसार ९२ जनाको मृत्यु भएको छ । 

जेठमा छ, वैशाखमा १०, चैतमा १०, फागुनमा १२, माघमा आठ, पुसमा १८, मङ्सिरमा नौ, कात्तिकमा सात, असोजमा चार, भदौमा तीन र साउनमा पाँच जनाको मृत्यु भएको प्रमुख प्रहरी उपरीक्षक शाहीले जानकारी दिए । उनले भने, ‘७३ पुरुष, १३ महिला र छ जना बालकबालिकाको मृत्यु भएको छ । यस अवधिमा एक सय ९७ वटा सवारी दुर्घटना भएका छन् ।’

बढ्दो सवारीसाधनको चाप, साँघुरो बाटो, क्षमताभन्दा बढी यात्रु बोक्ने, सडकको जीर्ण अवस्थालगायत कारणले दुर्घटना हुने गरेको प्रमुख प्रहरी उपरीक्षक शाहीले बताए । ट्राफिक नियम उल्लङ्घन, मादक पदार्थ सेवन र तीव्र गतिले सबैभन्दा बढी दुर्घटना भइरहेको उनको भनाइ छ ।

 

सोमबार, १७ असार २०८१, १६ : ४६

प्रतिक्रिया