दीर्घरोगी बिरामीका लागि ३५ करोड निकासा

सोमबार, १७ असार २०८१, १६ : ५७

काठमाडौँ - अर्थ मन्त्रालयले दीर्घ रोगीहरूका लागि औषधि उपचार खर्च बापत ३५ करोड, २६ लाख १९ हजार रकम निकासा गरेको छ ।  

अर्थमन्त्री वर्षमान पुन अनन्तले मिर्गौला प्रत्यारोपण गरेका, डायलासिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीका लागि उक्त रकम निकासा गर्नेसम्बन्धी फाइल स्वीकृत गरेका हुन् । उपचार खर्चसम्बन्धी कार्यविधि २०७८ अनुसार ती बिरामीले मासिक ५ हजार पाउँदै आएका छन् । 

स्वास्थ्य मन्त्रालयमार्फत देशभरका विभिन्न स्थानीय तहले रकम माग गरेका थिए । चालु आर्थिक वर्ष २०८०र०८१ को बजेटबाट उक्त रकम निकासा गरिएको मन्त्रालयले जनाएको छ । उक्त रकम स्थानीय तहमार्फत बिरामीको बैङ्क खातामा जम्मा हुनेछ ।

सोमबार, १७ असार २०८१, १६ : ५७

प्रतिक्रिया