सुनको मूर्ति भन्दै नक्कली सामान देखाएर ३० लाख रुपैयाँ ठगी

सोमबार, १७ असार २०८१, १८ : २३

काठमाडौँ - सुनको मूर्ति भन्दै नक्कली सामान देखाएर ३० लाख रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौँबाट पाँच जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले भारतको उडिसाका कलाकार दास र चार जना नेपालीलाई पक्राउ गरेको हो । पक्राउ परेका नेपालीमा म्याग्दी घर भई ललितपुर बस्ने क्षेत्रबहादुर शाही, धादिङ घर भई काठमाण्डौ बस्ने दीपक थापा, दाङ घर भई काठमाण्डौ बस्ने वसन्त चौधरी र काठमाण्डौका रविन महर्जन रहेका छन् ।

भारतीय नागरिक दासले आफूसँग सुनको मूर्ति छ भन्दै प्रलोभन देखाएर ३० लाख रुपैयाँमा बिक्री गरेका तर नक्कली भएको पाएपछि पीडितले प्रहरीलाई सम्पर्क गरेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

सोमबार, १७ असार २०८१, १८ : २३

प्रतिक्रिया