मध्यरातीको सहमतिलाई पार्टीबाट अनुमोदन गर्न देउवाले बोलाए पदाधिकारी बैठक

मंगलबार, १८ असार २०८१, ०६ : ४५

काठमाडाैं- कांग्रेसबीच भएको मध्यरातीको सहमतिलाई पार्टीबाट अनुमोदन गराउनका लागि पदाधिकारी बैठक बोलाएका छन् । बैठक बुढानिलण्ठमा विहान ९ बजे बोलाइएको छ । मध्यराती भएको छलफलमा दुबै दलका शिर्ष नेताहरुले हस्ताक्षर गरेका छन् । दुई दलका नेताहरुबीच मध्यरातसम्म भएको छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओली सुरुका दुई वर्ष  र शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने समझदारी भएको छ ।

छलफलमा सहभागी एक नेताका अनुसार सहमतिको प्रारम्भिक खाका अनुसार उनीहरुले प्रदेश सरकारहरुमा पनि ३र३ वटा सरकार बाँडेका छन् । मधेश प्रदेशमा चाहिँ मधेशकेन्द्रित दलकै नेतृत्व हुन सक्ने उनीहरुको समझदारी छ ।

मंगलबार, १८ असार २०८१, ०६ : ४५

प्रतिक्रिया