नेकपा एमालेको सचिवालय बैठक बस्दै

मंगलबार, १८ असार २०८१, ०८ : ३३

काठमाडाैं- नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक दिउँसो तीन बजे बस्ने छ । बैठकमा नेपाली कांग्रेससँगको सत्ता समीकरणलगायतका विषयमा छलफल गर्न एमाले सचिवालय बैठक बस्न लागेको हो ।

नेकपा एमाले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग सत्ता साझेदारीमा अघि बढेको छ ।सोमबार मध्यरात मुलुकका दुई ठूला दल कांग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने लगायतका विषयमा समझदारी गरेका छन् । यद्यपि समझदारी पत्र सार्वजनिक भएको छैन ।यही विषयमा छलफल गर्न आजै नेपाली कांग्रेसले पदाधिकारी बैठक र रास्वपाले सचिवालय बैठक बोलाएका छन् ।

मंगलबार, १८ असार २०८१, ०८ : ३३

प्रतिक्रिया