सेयर बजारमा सकारात्मक सर्किट ब्रेक

मंगलबार, १८ असार २०८१, ११ : १९

 काठमाडौं-  सत्ता समीकरण परिवर्तन हुने भएसँगै सेयर बजारमा सकारात्मक सर्किट ब्रेक लागेको छ ।

कारोबार सुरु भएको १ मिनेटमै बजार परिसूचक नेप्से ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको हो । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ८२ अंक (४ प्रतिशत) बढेको छ । पहिलो सर्किट ब्रेक लागेपछि २० मिनेटका लागि कारोबार रोकिएको छ । २१६ कम्पनीको मूल्य बढेको छ भने एउटाको घटेको र दुईको स्थिर छ ।

यतिबेलासम्म बैंकिङ ४.३, विकास बैंक ३.९९, फाइनान्स ३.७७, होटल ३.४४, हाइड्रोपावर ४१९, लगानी ४.७३, जीवन बीमा ३।२७, उत्पादन ४.०५, माइक्रोफाइनान्स २।३१, निर्जीवन बीमा ३, अन्य ५।७६ तथा व्यापार १।७५ प्रतिशत बढेका छन् ।कारोबार शुरु भएको पहिलो घण्टा अर्थात ११ देखि १२ बजेको बीचमा ४ प्रतिशतले, दोस्रो घण्टा ५ प्रतिशतले र त्यसपछि ६ प्रतिशतले घटे वा बढे सर्किट ब्रेक लाग्ने व्यवस्था छ।

मंगलबार, १८ असार २०८१, ११ : १९

प्रतिक्रिया