अग्राधिकार सेयर जारी गर्दै कामना सेवा विकास बैंक

मंगलबार, १८ असार २०८१, १२ : ५९

काठमाडौँ - कामना सेवा विकास बैंकले अग्राधिकार सेयर जारी गर्ने भएको छ। 

बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले नेपाल राष्ट्र बैंक लगायतका नियमनकारी निकायले स्वीकृति दिएमा ९ प्रतिशतका दरले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको हो। बैंकले सय रुपैयाँका दरले ३५ लाख एकाइ अर्थात् ३५ करोड रुपैयाँबराबरको यस्तो सेयर जारी गर्न लागेको छ। 

उक्त सेयरमा ९ प्रतिशत लाभांश दर कायम गरी मुनाफा भएको वर्ष मात्र मुनाफा वितरण हुने बैंकको प्रस्ताव छ। बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर कुनै पनि सुरक्षण नराखी व्यक्तिगत तवरबाट संस्थागत लगानीकर्ताको लागि मात्र बिक्री गरिने गरी जारी गर्ने जनाएको छ। 

मंगलबार, १८ असार २०८१, १२ : ५९

प्रतिक्रिया