काठमाडौँ - नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई थुनामा पठाउने आदेश भएको छ।
न्यायाधीश शकुन्तला कार्कीको इजलासले उनलाई थुनामा पठाउने आदेश गरेको हो । उनलाई अव केन्द्रीय कारागार जगनाथ देवलमा राखिने छ। मंगलवार भएको सुनुवाईपछि धरौटीमा रिहा गर्न अस्वीकार गर्दै जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको हो । उनलाई संगठित अपराध,ठगी,सरकारी लिखत किर्ते, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा सजाय माग गरिएको छ। यी सबै अभियोग जोड्दा २४ वर्ष कैद हुनुपर्ने दाबी अभियोग पत्रमा गरिएको छ।
अभियोग पत्र दायर हुँदा फरार रहेका उनी शुक्रवार काठमाडौँको बौद्धबाट पक्राउ परेका थिए । सोही अभियोगमा उपप्रधानमन्त्री टोपबहादुर रायमाझी,निलम्बित सचिव टेकनारायण पाण्डे र गृहमन्त्री बादलमा तत्कालीन सल्लाहकार इन्द्रजित राई पुर्पक्षका लागि थुनामा छन् । नेपाली काँग्रेसका नेता बालकृष्ण खाँण भने उच्च अदालतबाट धरौटीमा छुटेका थिए ।
प्रतिक्रिया