काठमाडाैं- बीमा रकम हत्याउनका लागि सञ्चालकले आफ्नै पसलको सुनचाँदी तथा हिराका गरगहना लुटपाट गराएको तथ्या फेला परेको छ । चितवनका बिनोद सुनारले बीमा वापतको रकम हत्याउनका लागि आफ्नै सुनचाँदी पसल चोरी गर्न लागाएको केन्द्रिय अनुसन्धान ब्यूरोले जनाएको छ ।
बिनोदले २ करोड १७ लाख ५४ हजार ४१५ रुपैयाँ बराबरको आफ्नै पसलको गरगहनाहरु चोरी गर्न लागाएका थिए । घटना असार १ गते राति ८ः२० बजेको हो । कालिका नगरपालिका, खोलेसिमल स्थित तेज प्रसाद खनालको घरको पहिलो तल्लामा सुनारले सञ्चालन गर्दै आएको बिनोद सुनचाँदी पसलमा अज्ञात २ जना पुरुष व्यक्ति सुपर स्प्लेण्डर मोटरसाईकल चढेर आएको ब्यूरोले जनाएको छ । उनीहरुले पसलमा बसिरहेका पसल व्यवस्थापक विजय विश्वकर्मा र बापिधर गौतमलाई धारिलो हतियार खुकुरी र चक्कु घाँटीमा राखी डरत्रास धाकधम्की देखाई पसल भित्र राखिएको उक्त रकम बराबरको सुनचाँदी र हिराको विभिन्न डिजाईनका गरगहनाहरू चोरी गरी लगेका थिए ।
सोहि घटना सम्बन्धमा ब्यूरोबाट खटिईगएको टोली र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले अनुसन्धान गर्दा बिनोद सुन चाँदी पसलका संचालक बिनोद सुनार स्वयमले योजना बनाई बीमा रकम ठगी गर्ने मनसायले चोरी तथा डाँका गर्न लगाएको ब्यूरोले जनाएको छ ।
ब्यूरोले उक्त कार्यमा संलग्न ५ जनालाई पक्राउ गरी थप अनुसन्धान भईरहेको जनाएको छ । पक्राउ पर्नेहरु चोरी गर्न लगाउने मुख्य योजनाकार ३५ बर्षीय बिनोद सुनार, चोरी गर्न सहयोग गर्ने २५ बर्षका विजय बिश्वकर्मा, पसल चोरी गर्ने व्यक्ति ५० बर्षका पूर्ण बहादुर बिश्वकर्मा, चोरी गर्ने व्यक्ति १८ बर्षका पवन कुमार पासवान र चोरी गरेको धनमाल लुकाउन सहयोग गर्ने ४२ बर्षकी अन्जना पुडासैनी, केसी रहेका छन् ।
प्रतिक्रिया