काठमाडाैं- धेरैलाई विश्वास नै लाग्दैन होला विष्णु पौडेलसँग नेपालको शेयर बजारको सम्बन्ध कस्तो हो ? प्रतिपक्षी दलका नेता मात्र होइन, एमाले उपाध्यक्ष विष्णु पौडेल नै स्वयम् पुँजी बजार र आफ्नो सम्बन्ध खोट्याउन सक्दैनन् । उनी र शेयर बजारसँग त्यस्तोके साइनो छ जसले शेयर बजारलाई हलचल ल्याइदिन्छ स्वयम् पौडेललाई समेत थाहा छैन । एक कार्यक्रममा पत्रकारले सोधेको प्रश्न थियो तपाई र शेयर बजारसँग त्यस्तो के सम्बन्ध छ जसले हलचल नै ल्याइदिन्छ? उनले हास्दै जवाफ दिएका थिए, ‘मलाई पनि थाहा छैन ।’
शनिबारदेखि सत्ता राजनीतिकमा आएको उथलपुथलका बीच शेयर बजार शान्त थियो । आइतबार सम्म खासै चार्चा रहेको थिएन । तर, बजार बन्द हुने समयमा भने ७अंकले बजार तीन मिनेटको बीचमा १० अंकले बढ्यो । त्यतिबेला सम्म राजनीतिले नयाँ रुप लिँदै थियो ।
सोमबार दिनभरका अडकलबाजीहरुलाई पूर्ण बिराम लगाउँदै मध्यरातमा नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ गठबन्धन बन्यो । नेपाली राजनीतिमा कुनै उल्कापात भएन भने अबको केही दिनमा यही गठबन्धनबाट एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुनेछन् ।र, बाहिर चलेका हल्लाहरु अनुसार अर्थमन्त्री एमालेबाट बन्नेछन् भने गृहमन्त्री नेपाली कांग्रेसबाट बन्नेछन् । अर्थमन्त्री एमालेबाट भन्नुको अर्थ अहिलेको परिदृश्यमा पहिलो नाम विष्णु पौडेल सिनमा देखिए पनि, ब्यावहारमा भने विष्णुको देखिएका छैनन् । तर पौडेल अर्थमन्त्री बन्ने नबन्ने अझै क्लियर नभएकोहुँदा यसै भन्न सकिन्न तर,उनी आउने शेयर बजारिया हल्लाले भने शेयर बजारलाई राम्रै तताइरहेको छ । स्वयम् पौडेललाई पनि मनको लड्डु फुटाउने अबसर दिएको छ ।
मंगलबारको शेयर सूचकांक, अर्थात नेप्सेमा देखियो । पटक पटक सर्किट लाग्यो । र, यो अवस्था अब कति दिन कसरी चलिरहन्छ भविष्यवाणी गर्न सकिदैन । तर, के निश्चित छ भने अबको अर्थमन्त्री को भन्ने निश्चित नहुँदासम्म शेयर बजारको उठापटक जारी रहनेछ । किनकी आजको दिनमा शेयर बजार नेपालका कुनै नेताप्रति आश्वस्त छ भने त्यो केवल विष्णु पौडेलप्रति हो भन्ने कुरा पटक पटक प्रमाणित भएको छ । मंगलबारको घटना त पछिल्लो दृष्टान्त मात्र हो ।
वास्तवमा विष्णु पौडेलको नाम लिंदासाथ शेयर बजार किन यसरी उछालिन्छ ? विष्णु पौडलको नामसँग शेयर बजारको त्यस्तो के साइनो छ, जस्ले गर्दा उनको नाम सुन्नासाथ शेयर बजारमा हरियाली छाउँछ ? त्यसको पछाडिका कारणहरु धेरै छैनन् । न त कुनै गहन दार्शनिक खालका अर्थ राजनीतिक तर्क र विश्लेषणहरु नै छन् । यसै पनि पौडेल दार्शनिक नेता होइनन्, व्यवहारिक नेता हुन् । त्यस्तो व्यवहारिक नेता जो कार्यकर्ता, समर्थक सुभेच्छुक मात्र होइन, विपक्षी पार्टीका नेता कार्यकर्ताहरु पनि ‘नेता हुनु त यस्तो पो’ भन्न वाध्य हुन्छन् ।
परिणाम विष्णु पौडेल विगत केही दशकदेखि नेपाली राजनीतिको मुख्य खेलाडी जस्तै बनिरहेका छन् । गठबन्धनहरु निर्माण र विघटनमा मात्र होइन, विकास निर्माणसँग सम्वन्धित निर्णय र कामहरुमा होस कि पार्टी भित्रको आन्तरिक राजनीतिमा पनि । अगाडि देखिएर प्याच्च नबोल्ने तर आन्तरिक रुपमा निर्णयहरुमा जवर्जस्त प्रभाव पार्ने हैसियतको कारण विपक्षी पार्टीका नेताहरु ‘विष्णु पौडेलले के भन्नुहुन्छ ?’ भनेर अन्तिम निर्णयको लागि पौडेलको मुख ताक्न थालेको धेरै भएको छ । पछिल्लो घटनाक्रमहरुमा पनि देखिँदा जो जो देखिए पनि एमालेबाट मुख्य खेल पौडेलले नै खेलेका हुन् भन्नेमा शायद कसैलाई शंका छैन ।साताको तेस्रो दिन आज शेयर बजार ह्वात्तै बढेको छ । नेप्से उच्च अंकले उचालिएसँगै कारोबार रकम पनि साढे ४ अर्ब नाघेको छ ।
सोमबार राति आकस्मिक रुपमा नयाँ सत्ता समीकरण बनेसँगै शेयर बजारमा उछाल आएको छ । नेकपा एमाले र नेपाली काँग्रेसबीच नयाँ सत्ता समीकरण बनेको र प्रधानमन्त्रीमा केपी शर्मा ओली बन्ने छन् । मंगलबारको शेयर बजारको उछाल पनि त्यही आशाको ‘नियमित आकस्मिकता’ मात्रै हो । के साँच्चै विष्णु पौडेल फेरि अर्थमन्त्री बन्लान् र मंगलबारको ‘सर्किट ब्रेकरसँगै देखिएको लगानीकर्ताको आशाको उछाल’ ले सही दिशा लिन्छ ? त्यो भनिहाल्न भने अहिलेको लागि हतार नै हुनेछ ।
महत्वपूर्ण मन्त्रालयका रुपमा रहेको अर्थमा विष्णु पौडेल मन्त्री बन्ने चर्चा चलेको छ । विगतमा उनी अर्थमन्त्री हुँदा शेयर बजार उचालिने गरेको हुँदा त्यसैको प्रभाव आज बजारमा देखिएको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४७.०४ अंकले बढेको हो । २.२९ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २१ सय अंकमा पुगेको छ । आजको बजार कसरी जान्छ भन्ने कुराले पनि शेयर नयाँ थप केही संकेत गर्छ ।
प्रतिक्रिया