कर्पोरेट डेभलपमेन्ट बैंक वार्षिक साधारणसभा आज, यस्तो छ योजना ?

बुधबार, १९ असार २०८१, ०७ : ५८

काठमाडाैं- कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको वार्षिक साधारणसभा आज (असार १९ गते) बस्दैछ ।

सभामा गत आर्थिक वर्ष ०७९-0८० को सञ्चालक समिति र लेखापरीक्षकको प्रतिवेदनसहित आव ०७८र७९ को वासलात, नाफा नोक्सान, नगद प्रवाहलगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ । 

त्यस्तै, सभाले चालू आवका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, कर्पोरेट डेभलपमेन्ट बैंक र अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।सभा प्रयोजनार्थ कम्पनीले जेठ ३२ गते बुकक्लोज गरिसकेको छ ।  जेठ ३१ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन पाउनेछन् । 

बुधबार, १९ असार २०८१, ०७ : ५८

प्रतिक्रिया