कालिमाटीमा आजः यि तरकारीको मूल्य १० रुपैयाँदेखि ३० रुपैयाँसम्मले घट्यो

बुधबार, १९ असार २०८१, ०८ : ५०

काठमाडाैं- कालिमाटी फलफूल तथा तरकारी बजारमा आज हरियो धनियाको मूल्य अकासिएको छ । 

अघिल्लो दिन ६० रुपियाँमा कारोबार भएको हरियो धनिया आज बढेर १७२ रुपियाँ पुगेको छ । किलोमा ११२ रुपियाँले महँगिएको हो । त्यसैगरी आज ब्रोकाउलीको भाउ भने घटेको छ । बुधबार प्रतिकिलो १५० रुपियाँमा बिक्री भइरहेको ब्रोकाउली अघिल्लो दिन भने १९० रुपियाँमा किनबेच भएको थियो । 

मंगलबारको तुलनामा आज ४० रुपियाँ सस्तो भएको हो ।  त्यसैगरी, बुधबार कालिमाटीमा नेपाली ठूलो गोलभेंडा ६६, सानो लोकल गोलभेंडा २२, गाजर ६५, लोकल मूला ५६, राजमा घिउसिमी १२५,  तितेकरेला ४६, लौका ६४ र भिन्डीको मूल्य प्रतिकिलो ७८ रुपियाँ निर्धारण गरिएको कालिमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिले जनाएको छ । 

बुधबार, १९ असार २०८१, ०८ : ५०

प्रतिक्रिया