सानिमा बैंकको संस्थापक सेयर बिक्रीमा

बुधबार, १९ असार २०८१, ११ : १९

कठमाडौं- सानिमा बैंकले सर्वसाधारणका लागि संस्थापक शेयरको बिक्री खुला गरेको छ ।

बैंकले शेयरधनीको नाममा रहेको ६८ हजार कित्ता संस्थापक शेयरको बिक्री खुला गरेको छ । 

न्यूनतम मूल्य प्रतिकित्ता १५० रुपियाँ तोकिएको यस शेयरमा जोकोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाले आवेदन दिन सक्नेछन् । बैंकले यसअघि विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको थियो । तोकिएको समयमा आवेदन नपरेपछि सो शेयर लागि खुला गरिएको हो । 

इच्छुक लगानीकर्ताले १५ दिनभित्र आवश्यक कागजातसहित बैंकको केन्द्रीय कार्यालय, नारायणचौर नाक्साल, काठमाडौंमा आवेदन दिन सक्नेछन् । 

 

बुधबार, १९ असार २०८१, ११ : १९

प्रतिक्रिया