काठमाडाैं- नेकपा एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुले सामूहिक राजीनामा दिने भएका छन् । उनीहरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउन पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटबाट बालुवाटारतर्फ लागेका छन् । साढे ८ बजे सामूहिक राजीनामा दिन लागेको हुन् । एमालेले आजै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । एमाले समर्थन फिर्ता लिएसँगै प्रचण्ड सरकार अल्पमतमा परेकाे छ ।
प्रतिक्रिया