असार सकिन लाग्दा डिम्याट नबिकरणको चटारो

विहीबार, २० असार २०८१, ०९ : २९

काठमाडाैं - असार मसान्त नजिकिदै गरेपछि यतिबेला डिम्याट खातावालहरुलाई नविकरणका लागि चटारो परेको छ ।  कुमारी क्यापिटल लिमिटेडले हितग्राही (डिम्याट) खाताबापतको वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको हो ।

कम्पनीले कुमारी क्यापिटल र कुमारी बैंक ९साविकको नेपाल क्रेडिट एन्ड कमर्स बैंक का शाखा कार्यालयमार्फत हितग्राही खाता खोली धितोपत्रको कारोबार गरिरहेका सेवाग्राहीलाई असार मसान्तभित्र वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको हो ।​ हितग्राही खातावालाले वार्षिक १०० रुपियाँका दरले नवीकरण शुल्क बुझाउनुपर्नेछ । साथै, वार्षिक शुल्क भुक्तानी नगरेका हितग्राहीको खाता उक्त शुल्क भुक्तानी नगरेसम्मका लागि फ्रिज गरिने र मेरो शेयरसमेत निष्क्रिय गरिने कम्पनीले जनाएको छ । यस्तै, ९९९ रुपियाँमा आजीवन हितग्राही खाता नवीकरण गर्न सकिने पनि कम्पनीले जनाएको छ ।

विहीबार, २० असार २०८१, ०९ : २९

प्रतिक्रिया