सिन्धुलीको पोखरीमा डुबेर २ बालकको मृत्यु

विहीबार, २० असार २०८१, १२ : ३०

काठमाडौँ - सिन्धुलीको दुधौली पोखरीमा डुबेर २ बालकको मृत्यु भएको छ । चुरे उत्थानशील आयोजनाले पोखरी निर्माण गरी अलपत्र छाड्दा सो पोखरीमा पौडी खेल्ने क्रममा डुवेर २ जना बालकको मृत्यु भएको हो । 

मृत्यु हुनेमा दुधौली नगरपालिका–६ का संजिव कुमारका ९ वर्षीय छोरा अनिश कुमर र बासुराम कुमरको ६ वर्षीय छोरा संजल कुमार रहेका छन् । उपचारका लागि नगर हस्पिटल सिर्थौली लगिएकोमा दुवै बालकलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
 

विहीबार, २० असार २०८१, १२ : ३०

प्रतिक्रिया