काठमाडौँ - नेपाल धितोपत्र बोर्डले आँखुखोला जलविद्युत कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ ।
बोर्डले १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता हकप्रद सेयर जारी अनुमति दिएको हो। बोर्डले असार १९ गते १ कित्ता सेयर बराबर नयाँ १.५ कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको हो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।
कम्पनीले हकप्रदको रकम गणेश हिमाल हाइड्रोपावर प्राइभेट लिमिटेडले प्रवर्द्धन गर्न लागेको २० मेगावाट क्षमताको आँखुखोला- २ जलविद्युत आयोजनामा लगानी गर्न लागेको हो । कम्पनी विद्युत नियमनमा २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति मागेको थियो। जसमा नियमन आयोगबाट १५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति प्राप्त गरेको थियो।
प्रतिक्रिया