काठमाडौँ - रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकिएको छ ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा हेर्दा हेर्दै रहेको मुद्दाको बहस बिहीबार सकिएको हो । उक्त मुद्दाको फैसला आजै सुनाउने सर्वोेच्चको तयारी छ। यसअघि मङ्गलवार नै इजलासले फैसला सुनाउन चाहेको थियो । तर दिनभर लामिछानेका कानुन व्यवसायीले बहस गरेपछि जवाफका लागि हेर्दा हेर्दैमा राखिएको थियो ।
प्रतिक्रिया