सरकार कामचलाउ भएकोले दीर्घकालीन असर पर्ने काम नगर्न एमालेको सुझाव

विहीबार, २० असार २०८१, १५ : ३२

काठमाडौँ – नयाँ सत्ता समीकरण बन्ने सहमति भएपछि नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न र नगराउन ध्यानाकर्षण गराएको छ । 

 बिहीबार एक विज्ञप्ति जारी गर्दै एमाले महासचिव शंकर पोखरेलले संसद्का दुई ठुला दल एमाले र नेपाली कांग्रेसबिच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय  सहमतिको सरकार गठन गर्ने समझदारी भएको स्मरण गराउँदै एमाले सरकारबाट समेत फिर्ता भएको अवस्थामा त्यस्ता निर्णय नगर्न भनेका हुन ।  

महासचिव पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूले राजीनामा समेत दिइसकेको अवस्थामा सरकार स्पष्ट अल्पमतमा परेको अवस्था छ’ ।  साथै एमालेले अहिलेको अवस्थामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत समेत पाउने अवस्था नरहेको जनाएको छ ।  
एमाले र कांग्रेसले राष्ट्रिय  सहमतिको सरकार गठन गर्ने भने पनि संसदको तेस्रो ठूलो दल माओवादी केन्द्रलाई बाहिर राखेर कसरी त्यस्तो सरकार बन्छ भन्ने प्रश्न उठिरहेको छ ।  

uml letter

विहीबार, २० असार २०८१, १५ : ३२

प्रतिक्रिया