काठमाडौं - साताको अन्तिम कारोबार दिन सेयर बजार १५.४६ अंकले बढेर २११९ को विन्दुमा कायम हुन पुगेको छ ।
आज नेप्सेमा कारोबार भएको आज ३१३ कम्पनीको २ करोड २१ लाख ६७ हजार ६७८ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ४८ करोड २५ लाख ४६ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा वृद्धि हुँदा ११ वटा उपसूचकमा हरियाली छाएको छ । यसदिन सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३० करोड ९ लाख ४ हजार रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नेपाल फाइनान्सको १७ करोड ६४ लाख ५८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै उक्त दिन महालक्ष्मी विकास बैंकको १७ करोड १२ लाख २० हजार रुपैयाँ, सांग्रिला डेभलपमेन्ट बैंकको १५ करोड ४१ लाख २२ हजार रुपैयाँ र मन्जुश्री फाइनान्सको १४ करोड ३५ लाख २ हजार रुपैयाँको कारोबार भएको हो ।


सर्वाधिक कारोबार हुने कम्पनी
आँखुखोला जलविद्युत कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी, समाज लघुवित्तको ९.२३ प्रतिशत, आरम्भ चौतारी लघुवित्त, सांग्रिला डेभलपमेन्ट बैंकको ६.४२ प्रतिशत, एक्सल डेभलपमेन्ट बैंकको ६.०१ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया