काठमाडौँ - साताको अन्तिम कारोबार दिन सेयर बजार १५.४६ अंकले बढेर २११९ को विन्दुमा कायम हुन पुगेको छ । अघिल्लो दिन बजार सामान्य दिनभरी घटेर सामान्य बढेको थियो ।
आजको बजारमा लगानीकर्ता विकास बैंक र लघुवित्त कम्पनीको शेयरमा झम्मिएका छन्। विकासबैँकको ३.४३ प्रतिशतले सर्वाधिक बढेको छ । सत्ता परिवर्तन भएसँगै लगानीकर्ता कम्पनी फेरिफेरि लगानी गर्न थालेका छन्। अघिल्लो दिन बुधबार फाइनान्स सेक्टरमा लगानी खन्याएका लगानीकर्ता यदिन आइपुग्दा विकासबैँकमा झुम्मिएका छन्। सेक्टर् फेरिफेरि लगानी गर्नु लगानीकर्ताको सोचको विषय हो।
बजार बढ्ने संकेत पाएपछि सेक्टर फेरिफेरि लगानी गर्ने गर्दछन् । यसदिन आँखुखोला जलविद्युत कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । कम्पनीको हकप्रद निष्कासन गर्ने अनुमति पाएसँगै लगानीकर्ताहरु यो कम्पनीमा लगानीगर्न तछाडमछाड गरेर लागेका हुन । समाज लघुवित्त, आरम्भ चौतारी लघुवित्त, साग्रिला विकास बैंक, एक्सेल बिकास बैंंकको शेयर प्रतिशतभन्दा बढीले बढेको छ ।
धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३१३ कम्पनीको २ करोड १६ लाख कित्ता शेयर किनबेचहुँदा ६ अर्ब ४८ करोड रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन ५ अर्ब माथिको कारोबार भएको थियो । बजार बढेसँगै लगानीकर्ताहरुले नाफा बुक राख्ने होड चलेको छ । जसले थोरै कम्पनीको शेयर बढेपनि बेचेर बाहिरिन थालेकोदेखिन्छ । सर्वाधिक कारोबार पनि फाइनान्स कम्पनीकोहुँदा यो पुष्टि गर्न सकिन्छ । सर्वाधिक कारोबार हुने कम्पनीमा एनआरएन इन्फाष्ट्रचर, नेपाल फाइनान्स,महलक्ष्मी विकासबैंक रहेका छन् । यि कम्पनीके १४ करोड रुपैयाँदेखि ३० करोड रुपैयाँसम्म कारोबार भएको छ ।
प्रतिक्रिया