काठमाडौँ - नेकपा एमाले लुम्बिनी प्रदेशका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका छन् ।
केन्द्रमा नेपाली कांग्रेस र एमालेबिच सत्ता समीकरण गर्ने सहमति भएपछि लुम्बिनीमा एमालेका मन्त्रीले बिहीबार राजीनामा दिने तयारी गरेका हुन् । एमालेबाट अर्थमन्त्री बनेका चेतनारायण आचार्यले मुख्यमन्त्री जोखबहादुर महारासमक्ष सामूहिक राजीनामा दिने बताए । उनले बिहीबार साझा ६ तिर राजीनामा बुझाउने तयारी रहेको बताए ।
२०८० चैत २३ गते नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरा एमालेसहित ५ दल र एक स्वतन्त्र गरी ४८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । महरा नेतृत्वको सरकारमा एमालेबाट ५ जना मन्त्री छन् ।
प्रतिक्रिया