काठमाडौँ - चन्द्रागिरि नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष भाइकृष्ण तामाङसहित २ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
अख्तियारले बिहीवार वडाध्यक्ष तामाङ र विचौलिया ध्रुवबहादुर कडायतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । वडाध्यक्ष तामाङको निर्देशनमा विचौलिया कडायतले सेवाग्राहीबाट २ लाख रुपैयाँ नगद लिएको पाइएको अख्तियारको दाबी छ ।
कडायतकै नाममा काटिएको २ लाखको चेकसहित अख्तियारको टोलीले उनलाई पक्राउ गरेको थियो । व्यवसाय स्थानान्तरणका लागि सिफारिस र दर्ता गरिदिने प्रयोजनका लागि उक्त घुस रकम लिएको पाइएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया