प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर बिक्रीमा

शुक्रबार, २१ असार २०८१, १२ : ०९

काठमाडौँ - प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ६० हजार ९८० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।

कम्पनीका संस्थापक सेयरधनीहरुको लागि बिक्रीमा राखिएको यो सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ । सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक लगानीकर्ताले कमलादी काठमाण्डौमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ । उक्त अवधिभित्र कुनै पनि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

शुक्रबार, २१ असार २०८१, १२ : ०९

प्रतिक्रिया