खोलाले बगाउँदा एक जनाको  मृत्यु

शुक्रबार, २१ असार २०८१, १२ : ५८

काठमाडौँ - स्याङ्जामा  खोलाले बगाउँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा पुतलीबजार नगरपालिका वडा नं.१ वीरेन्द्रनगरका ७४ वर्षीय तिलबहादुर भुजेल छन् । 

आज बिहान  वीरेन्द्रनगरस्थित अरगौदी खोला तर्नेक्रममा भुजेललाई बगाएको हो । उनको तत्कालै उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल स्याङ्जा पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालका सूचना अधिकारी डीएसपी इन्द्रबहादुर रानाले जानकारी दिए ।

शुक्रबार, २१ असार २०८१, १२ : ५८

प्रतिक्रिया