नेपाल क्लियरिङ्ग हाउसको ३१ हजार ६०० कित्ता संस्थापक सेयर बिक्रीमा

शुक्रबार, २१ असार २०८१, १३ : ०२

काडमाडौँ - मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा ल्याएको छ । बैंकले ३१ हजार ६०० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

लगानीकर्ताले आज असार २१ गतेदेखि २५ गतेसम्म आवेदन दिन सक्ने छन् ।  न्यूनतम मूल्य प्रति सेयर ५०० रुपैयाँ तोकिएको छ । बोलपत्र आवेदन फाराम ५०० रुपैयाँ तोकिएको छ ।  बोलपत्र पेश गर्दा न्यूनतम ५,००० कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिने छ ।

 
 

शुक्रबार, २१ असार २०८१, १३ : ०२

प्रतिक्रिया