काठमाडौँ - प्रभु बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख ३३ हजार ७९८ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिदको लागि पहिलो प्राथकिमता संस्थापक सेयरधनीहरुलाई दिइएको छ । संस्थापक सेयर खरिदको लागि सेयरधनीले आज (असार २१) गतेदेखि ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बबरमहल काठमाडौंमा आवेदन दिनु पर्ने छ । ३५ दिनभित्र संस्थापक सेयरधनीबाट आवेदन नपरेमा भने उक्त सेयर अन्य व्यक्ति संस्था वा कम्पनीलाई बिक्री गरिने बैंकले जनाएको छ ।
प्रतिक्रिया