काठमाडाै- श्रीराम सुगर मिल्स लिमिटेडले चार वटा आर्थिक वर्षको वार्षिक साधारण सभा एकै पटक बोलाएको छ । उक्त कम्पनीले २६औं,२७औं,२८औं र २९औं वार्षिक साधारण सभा आगामी साउन ११ गते अर्पण ब्याक्वेंट नयाँ बानेश्वर, काठमाडौंमा बोलाएको हो । सभा बिहान ११ बजेदेखि शुरु हुने छ ।
सभाले आर्थिक वर्ष २०७६/ ७७, २०७७र७८, २०७८/७९ र २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
यसैगरी, सभाले आगामी कार्यकालको लागि सञ्चालकहरुको निर्वाचन गरी सञ्चालक समितिको गठन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले उद्योग सञ्चालनको लागि सबैतिरबाट अनुकुलता नभएसम्मका लागि भन्दै २०७७ साउन ११ गतेदेखि स्थायी रुपमा बन्द गरेको घोषणा गरेको थियो । सोही समयदेखि रौतहटको गरुडामा रहेको उद्योग बन्द अवस्थामा छ । मिलको सञ्चालक समितिले २ अर्ब १७ करोड रुपैयाँ घाटा देखाएर उद्योग बन्द गरेको हो। कम्पनीको चुक्तापूँजी ३० करोड ४६ लाख रुपैयाँ छ ।
प्रतिक्रिया