काठमाडाैं- नेप्से परिसूचक ६७ दशमलव ७८ अंक (३.३०%) बढेर २,११९.७० मा बन्द भएको छ । गत साता सूचक अघिल्लो साताको तुलनामा ०.७९ प्रतिशतले घटेर २,०५१.९२ मा बन्द भएको थियो। यो साता परिसूचक २,१५६ दशमलव ४६ सम्म उच्च र कम्तीमा २,०३० दशमलव ५० बिन्दुमा गएकाले १२५ दशमलव ९६ अंकको अस्थिरता देखिएको छ । अघिल्लो साता सूचकांकले ३२.१७ अंकको अस्थिरता देखाएको थियो । सबैभन्दा बढी इन्ट्राडे घाटा मंगलबार ४७.०५ बिन्दुले ४.५० अर्बको कारोबार भए पनि यो साता कुल कारोबार रु २२.७५ अर्ब रहेको छ । मंगलबार ४७.०५ बिन्दुले ४.५० अर्बको कारोबार गर्दै उसको सबैभन्दा बढी इन्ट्राडे घाटा थियो, तर यो साता कुल कारोबार रु २२.७५ अर्ब रहेको छ ।
यो साता तीन लाख १ हजार १६६ कारोवारबाट ६ करोड ७२ लाखभन्दा बढी कित्ता शेयर कारोबार भएको छ । नेप्सेको हालको बजार पुँजीकरण रू. ३,३६२,२१६.०९ मिलियन अर्थात रु ३३.६२ खर्ब पुगेको छ । यतिबेला लगानीकर्ता मौन्द्रिक नीतिको पखाईमा रहेका छन् । सरकारले आगामी आर्थिक वर्षको लागि मौद्रिक नीति ल्याउने तयारीमा छ ।
यो साता सुनको मूल्य घटेको छ ।
यो साता १लाख ४२ हजारबाट बढेर १ लाख ४४ हजार ३०० रुपैयाँसम्मको कारोबार भएको छ । आइतबार १ लाख ४२ लाख हजार तोला पुगेको छ। त्यस्तै, १४४ पुगेको छ । करिब एक वर्षयता, लगातारजसो सुनको भाउ बढिरहेको छ । विश्व बजारमै यसको माग बढेको पाइन्छ । अझ पछिल्ला महिनाहरुमा चीन लगायतका मुलुकहरुले भारीमात्रा सुन खरिद गरेर सञ्चय गरे । यसले पनि माग बढ्न गएको हो । यसैगरी, अन्य लगानीकर्ताहरु पनि सनुतर्फ आकर्षित भएको देख्न सकिन्छ । सञ्चय ग र्न सजिलो, लगानीको सुरक्षित क्षेत्र भएकाले पनि यसतर्फ लगानीकर्ताको आकर्षण बढेको अनुमान गर्न सकिन्छ । विश्व बजारमा मूल्य बढेपछि नेपाली बजारमा पनि स्वतः बढ्ने गर्छ ।
प्रतिक्रिया