आरम्भ चौतारी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

आइतबार, २३ असार २०८१, १२ : ११

काठमाडौँ - आरम्भ चौतारी लघुवित्तले सर्वसाधारणले खरिद गर्न पाउने गरी संस्थापक सेयर बिक्रीमा ल्याएको छ । 

संस्थाले यसअघि जेठ १४ गते संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउने गरी संस्थापक सेयर बिक्रीमा ल्याएको थियो । तोकिएको समयभित्र सो सेयरमा आवेदन नपरेपछि सर्वसाधारणलाई बिक्रीका लागि खुला गरिएको हो । इच्छुक व्यक्ति वा संस्थाले आवश्यक कागजातसहित आजबाट ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय बनेपा, काभ्रेपलान्चोकमा निवेदन पेस गर्नुपर्नेछ । 
 
 

आइतबार, २३ असार २०८१, १२ : ११

प्रतिक्रिया