सूर्योदय वोमी लघुवित्तको २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

आइतबार, २३ असार २०८१, १२ : १६

काठमाडौँ - सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक तर्फको २० हजार कित्ता सेयर बिक्रीमा राखेको छ ।  

लघुवित्तले सेयरधनी मनोज बस्नेतको नाममा रहेको उक्त सेयर बिक्रीमा राखेको हो ।  यो सेयर जोकोही व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउनेछन् । संस्थाले यसअघि संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको थियो ।

तोकिएको समयभित्र आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।  इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित ३५ दिनभित्र संस्थाको कर्पोरेट कार्यालय ललितपुरमा या सेयर रजिस्ट्रार कुमारी क्यापिटल नक्साल, काठमाडौंमा निवदेन दिुनपर्नेछ । सेयरको मूल्य भने बिक्रेता तोकेबमोजिम हुने संस्थाले जनाएको छ । 
 

आइतबार, २३ असार २०८१, १२ : १६

प्रतिक्रिया