समता घरेलु लघुवित्त र मनकामना स्मार्ट लघुवित्तले आजबाट एकिकृत काराेबार गर्ने

सोमबार, २४ असार २०८१, ०७ : ३३

काठमाडाैं- समता घरेलु लघुवित्त र मनकामना स्मार्ट लघुवित्तले आज (असार) २४ देखि एकीकृत कारोबार गर्दैछन् । 

बनेपा–७ काभ्रेपलान्चोकमा केन्द्रीय कार्यालय रहेको समता घरेलु र सिद्धार्थनगर–५ रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको मनकामना स्मार्ट लघुवित्तलाई आपसमा गाभिन गत जेठ २९ गते अन्तिम स्वीकृति दिइएको थियो । मर्जरपछि बनेको कम्पनीको केन्द्रीय कार्यालय काभ्रेको बनेपा–७ मा रहने बताइएको छ  ।

एकीकृत कारोबार सुरु हुने अघिल्लो दिन अर्थात् दुवै वित्तीय संस्थाको डाटा माइग्रेस गर्न  हिजो ९असार २३ गते० दुवै संस्थाको कारोबार बन्द रहेको थियो । 

सोमबार, २४ असार २०८१, ०७ : ३३

प्रतिक्रिया