सिन्धु विकास बैंकको अध्यक्षमा दामोदर प्रसाद सुवेदी चयन

सोमबार, २४ असार २०८१, ०९ : ३५

 काठमाडाैं - सिन्धु विकास बैंकको अध्यक्षमा दामोदर प्रसाद सुवेदी चयन भएका छन् । कम्पनीको गत असार २२ गते सम्पन्न सञ्चालक समितिको बैठकले यसअघि सञ्चालक समिति सदस्य रहेका सुवेदीलाई  अध्यक्षमा चयन गरेको हो ।

उनको कम्पनीमा कर्मचारी सञ्चय कोषका तर्फबाट सञ्चालक समिति सदस्यमा प्रतिनिधित्व रहेको छ ।यसअघि कम्पनीले गत असार १३ गते अध्यक्षमा सञ्चालक सदस्य रहेकी निभा डंगोल श्रेष्ठलाई चयन गरेको थियो । कम्पनीले अध्यक्षमा डंगोललाई गरिएको निर्णयमाथि पुनर्विचार गर्नुपर्ने देखिएको भन्दै अध्यक्षमा सुवेदीलाई चयन गरेको नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

सोमबार, २४ असार २०८१, ०९ : ३५

प्रतिक्रिया