अमेरिकी डलरसहित एक जना पक्राउ

सोमबार, २४ असार २०८१, १२ : २०

काठमाडौँ - ३० हजार अमेरिकी डलरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । नुवाकोटको ककनी गाउँपालिका–२ पैरेबेशी का ३३ वर्षीय समीर सुनार पक्राउ परेका हुन्। 

उनलाई इलाका प्रहरी कार्यालय टिमुरे, सशस्त्र प्रहरी बल टिमुरे र रसुवा भन्सारको संयुक्त टोलीले २१ असारमा टिमुरेबाट पक्राउ गरेको हो । उनले जुत्ताभित्र लुकाएर डलर बोकेको पाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका सुनारलाई राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको छ ।


 

सोमबार, २४ असार २०८१, १२ : २०

प्रतिक्रिया