कोशी ब्यारेज पुलमा  एक बालक बेपत्ता

सोमबार, २४ असार २०८१, १२ : २८

काठमाडौँ - सप्तकोशी नदीको कोशी ब्यारेज  पुलमा दाउरा सङ्कलन गर्ने क्रममा एक बालक बेपत्ता भएका छन् । 

कोशी ब्यारेज  पुलमा भालासहित दाउरा सङ्कलन गर्ने क्रममा दाउरासँगै पुलबाट खसेर एक बालक बेपता भएका हुन् । स्थानीयवासी देवराज यादवको अनुसार कोशी ब्यारेज  पुलमा दाउरा सङ्कलन गर्ने भारतीय १६ वर्षीय बालक रुपेश सदा बेपत्ता भएका छन् ।सदाको शव हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ ।

सोमबार, २४ असार २०८१, १२ : २८

प्रतिक्रिया