सेयर बजारमा सामान्य गिरावट, कारोबार रकम कति ?

सोमबार, २४ असार २०८१, १५ : १७

काठमाडौं- साताको दोस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । सोमबार बजार ४.६२ अंकले घटेर २१३६ को विन्दुमा कायम हुन पुगेको छ ।

 नेप्सेमा कारोबार भएको आज ३२४ कम्पनीको १ करोड ४ लाख ७५ हजार १८१ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड ९८ लाख ३६ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा १० वटा उपसूचक राताम्मै भएको छ ।

सेयर बजारमा सामान्य गिरावट आउँदा यी कम्पनीले सर्वाधिक गुमाए

मैलुङ खोला जलविद्युतको सेयर सर्वाधिक घट्यो 

यस दिन मैलुङ खोला जलविद्युत कम्पनीको सेयर सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य ८३९ प्रतिशतले घटेको छ । त्यसैगरी, आँखुखोला जलविद्युत कम्पनीको ४२७ प्रतिशतले सेयर मूल्य घटेको छ ।


 एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर सर्वाधिक कारोबार

यस दिन सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २८ करोड ७० लाख ८० हजार रुपैया बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको जानकी फाइनान्सको १५ करोड ५० लाख ९७ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै यस दिन सिइडिबी हाइड्रोपावरको ९ करोड ६३ लाख ९२ हजार रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको ९ करोड ४ लाख १८ हजार रुपैयाँ र निफ्राको ७ करोड ३५ लाख ७२ हजार रुपैयाँको कारोबार भएको हो ।

सोमबार, २४ असार २०८१, १५ : १७

प्रतिक्रिया