घरभित्र पसेको बाढीमा डुबेर शिशुको मृत्यु

सोमबार, २४ असार २०८१, १५ : ३५

काठमाडौँ - कञ्चनपुरमा घरभित्र बाढी पस्दा डुबेर शिशुको मृत्यु भएको छ । 
 
कृष्णपुर नगरपालिका–१ पहरियामा आइतबार घरभित्र पसेको बाढीमा डुबेर सात महिनाका सोनु धानुकको मृत्यु भएको हो ।  राति सुतिरहेका बेला शिशु ओछ्यानबाट भुइँमा खस्दा पानीमा डुबेर शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । 
 

सोमबार, २४ असार २०८१, १५ : ३५

प्रतिक्रिया