कञ्चनपुरमा एक हजार ११२ परिवारलाई सुरक्षित ठाउँमा सारियो

सोमबार, २४ असार २०८१, १७ : २६

काठमाडौँ -  कञ्चनपुरमा बाढीबाट प्रभावित १ हजार ११२ परिवारका ४ हजार १६५ जनालाई सुरक्षित स्थानमा सारिएको छ । 

जिल्लाका २ तिहाई भुभाग बाढीबाट प्रभावित भएको र वेदकोट नगरपालिका –७ अन्तर्गत पर्ने पूर्व–पश्चिम सडकखण्डको महेन्द्र राजमार्गको कलभर्ट भाँसिएर बाटो अवरुद्ध भएपछि आवतजावतमा समस्या भएको जिल्ला प्रसासन कार्यालयले जनाएको छ ।अहिले महाकाली नदीमा २ लाख २० हजार क्युसेक पानी बगिरहेको छ । पानी रोकिएपछि पानीको मात्रा घट्नेक्रम जारी रहेको प्रमुख जिल्ला अधिकारी नारायनप्रसाद सापकोटाले बताए  ।

सुरक्षा समितिको आकस्मिक बैठक बसी जिल्लामा राहत र उद्धारका लागि स्थानीय निकाय, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाल आर्मीलगायत सबैलाई आवश्यकता अनुसार खटिन निर्देशन भएबमोजिम उद्धार र राहातको काम भइरहेको छ । अधिकांश ठाउँमा बस्न उचो ठाउँ, विद्यालय, सार्वजनिक ठाउँहरु प्रयोग गरिएको छ भने खाना खुवाउने व्यवस्था पनि गरिएको प्रमुख जिल्ला अधिकारी सापकोटाले बताए । 

सोमबार, २४ असार २०८१, १७ : २६

प्रतिक्रिया