आइपिओ जारी गदै होटल सब्रिना

सोमबार, २४ असार २०८१, १८ : १६

काठमाडौँ - होटल सब्रिना लिमिटेडले आइपिओ जारी गर्न एनएमबी क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। यस सम्बन्धमा होटल र एनएमबी क्यापिटलबीच सम्झौता भएको छ।

सम्झौतापत्रमा होटलका संस्थापक तथा अध्यक्ष निराजन थापा र एनएमबी क्यापिटलका सिइओ दीपेशकुमार वैद्यले हस्ताक्षर गरेका छन् । नियामक निकायबाट तोकिएका सम्पूर्ण प्रक्रिया पूरा गरी यथासम्भव छिटो निष्काशन प्रक्रिया अगाडि बढाउने होटलका अध्यक्ष थापाले बताए । होटल सब्रिना काठमाडौँको बूढानीलकण्ठमा रहेको छ। हेटलको व्यवस्थापन रोयल अर्किड होटलको ‘रिजेन्टा प्लेस’ ब्राण्डले गर्दै आएको छ।

सोमबार, २४ असार २०८१, १८ : १६

प्रतिक्रिया