मंगलबार यि देशको विनिमयदर उच्च, कति पुग्यो ?

मंगलबार, २५ असार २०८१, ०६ : ४७

 काठमाडाैं- नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी विनिमय दरअनुसार अमेरिकी डलर र बेलायती पाउन्ड स्टर्लिङको सटही दर बढेको छ भने युरोपियन युरोको सटही दर घटेको छ ।

यसदिन अमेरिकी डलर १ को खरिद दर १३३.३० रुपियाँ र बिक्री दर १३३.९० रुपियाँ तोकिएको छ, जुन हिजो खरिद १३३.२८ रुपियाँ र बिक्री १३३.८८ रुपियाँ थियो ।  त्यस्तै, अघिल्लो कारोबार दिन पाउन्ड १ को खरिद मूल्य १७०.७३ रुपियाँ र बिक्री मूल्य १७१.५० रुपियाँ रहेकामा आज भने खरिद १७०.९६ रुपियाँ र बिक्री १७१.७३ रुपियाँ निर्धारण गरिएको छ । त्यसैगरी यसदिन युरो १ को खरिद दर १४४.३५ रुपियाँ र बिक्री १४५ रुपियाँ रहेको छ । अघिल्लो दिनमा राष्ट्र बैंकले सोही मुद्राको खरिद १४४.४५ रुपियाँ र बिक्री १४५.१० रुपियाँ थियो ।


 

मंगलबार, २५ असार २०८१, ०६ : ४७

प्रतिक्रिया