रास्वपाको केन्द्रीय कमिटीको बैठक, मुकुल ढकालमाथि कारबाही होला ?

मंगलबार, २५ असार २०८१, ०७ : ३१

 काठमाडाैं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटीको बैठक मंगलबार बिहान बस्दैछ। पार्टी केन्द्रीय कार्यालय चःमतिमा बिहान ८ बजे बस्ने बैठकमा निलम्बित महामन्त्री डा. मुकुल ढकालमाथिको अनुशासनको कारबाहीबारे छलफल हुने भएको छ । ढकालमाथिको अनुशासनात्मक कारबाहीको प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाइसकेको छ।

त्यसबारे आइतबार बसेको सचिवालय बैठकमा प्रारम्भिक छलफल भएको उनले बताए। गत असार १९ गते बसेको केन्द्रीय कमिटीको बैठकले ढकाललाई पार्टी महामन्त्रीबाट सात दिनका लागि निलम्बन गरेको थियो। कार्यवाहक महामन्त्री बुर्लाकोटीलाई र प्रवक्ताको जिम्मेवारी मनीष झालाई दिएको थियो।

 

मंगलबार, २५ असार २०८१, ०७ : ३१

प्रतिक्रिया