लक्ष्मी सनराइज बैंकको ८२ लाख सेयर बिक्रीमा

मंगलबार, २५ असार २०८१, १० : २३

काठमाडौं- लक्ष्मी सनराइज बैंकले संस्थापक शेयर बिक्री गर्न राखेको छ । बैंकले कुल ८२ लाख ९७ हजार ५६५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।

यो संस्थापक  शेयरधनीहरुले मात्र खरिद गर्न पाउने सूचनामा उल्लेख छ । शेयर खरिद गर्न चाहनेहरुले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय हात्तिसारमा आवेदन दिनुपर्नेछ ।  साथै, तोकिएको समयमा संस्थापक शेयरधनीबाट उक्त शेयर खरिदका लागि कुनै लिखित निवेदन पेस हुन नआएमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ ।

मंगलबार, २५ असार २०८१, १० : २३

प्रतिक्रिया